नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि निगमले २०८३ वैशाख ३ गते बिहान ००:०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नयाँ मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रति लिटर ३० रुपैयाँ तथा आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँ वृद्धि गरिएको छ। पेट्रोलको मूल्य भने यथावत राखिएको छ। मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब ५ अर्ब ७५ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
