नबिल बैंकले भैरहवामा धितोमा रहेका घरजग्गाहरू बेच्दै

Apr 22, 2026

नबिल बैंक लिमिटेडको भैरहवा शाखाले कर्जा नतिर्ने ऋणीको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने प्रक्रिया सुरु गरेको छ। बैंकले सुश्री दुर्गा इन्टरप्राइजेजका प्रोप्राइटर बिमल मल्ल र व्यक्तिगत जमानतकर्ताहरूको नाममा दर्ता रहेको रुपन्देहीस्थित विभिन्न घरजग्गाहरू लिलाम गर्न १५ दिने गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको हो।

इच्छुक बोलपत्रदाताले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको भैरहवा शाखा वा कर्जा असुली विभागमा बोलपत्र पेश गर्नुपर्नेछ। लिलामी सम्बन्धी विस्तृत शर्त र प्रक्रिया बैंकबाट प्राप्त गर्न सकिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स