कुमारी बैंक लिमिटेडले विभिन्न ऋणीहरूले बैंकबाट लिएको ऋणको सावाँ तथा ब्याज भुक्तानी नगरेपछि धितोमा राखिएका अचल सम्पत्तिहरू लिलाम बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इच्छुक व्यक्ति वा संस्थाले काठमाडौंको बागबजारस्थित बैंकको कर्जा असुली विभागमा बोलपत्र बुझाउनु पर्नेछ।
लिलाम गरिने सम्पत्तिहरूमा भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन र बर्दिया जिल्लाका विभिन्न जग्गा तथा घरहरू रहेका छन्। बोलपत्र फारम ५०० रुपैयाँ तिरी प्राप्त गर्न सकिनेछ र बोलपत्रदाताले आफूले कबोल गरेको रकमको १० प्रतिशत धरौटी बापत जम्मा गर्नुपर्नेछ। बोलपत्र आगामी २०८३ वैशाख २३ गते दिउँसो ३ बजे खोलिने बैंकले जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
