टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ। कम्पनीले कुल ३ लाख ३ हजार ६७ कित्ता सेयर निष्काशन गरेकोमा ७६ हजार २८९ जना आवेदकहरूबाट प्राप्त १० लाख ९० हजार ७४० कित्ता सेयरलाई सदर मान्दै बाँडफाँड सम्पन्न गरेको हो।
विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आवेदन दिएका लगानीकर्ताहरू मध्येबाट १० कित्ता देखि २ हजार कित्ता सम्म आवेदन दिने ७६ हजार २८९ जनालाई ३० हजार ३०६ जनाको दरले गोलाप्रथाबाट सेयर वितरण गरिएको छ। यो आईपीओ २०८२ फागुन २७ गते खुलेर चैत ११ गते बन्द भएको थियो।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
