सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको भोटेओडार शाखाबाट कर्जा लिएकी ऋणी सीता माया गुरुङले बैंकको ऋण तथा ब्याज चुक्ता नगरेपछि धितोमा राखिएको चल/अचल सम्पत्ति लिलाम बिक्री गरिने भएको छ। बैंकले पटक पटक लिखित र मौखिक ताकेता गर्दा पनि कर्जा भुक्तानी नभएकाले लमजुङ जिल्लाको साविक चकातीर्थ गाविस स्थित जग्गा र त्यसमा बनेको संरचना लिलाम गर्ने प्रक्रिया अगाडि बढाएको हो।
इच्छुक महानुभावहरूले यो सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको भोटेओडार शाखामा गोप्य शिलबन्दी बोलपत्र फारम बुझाउनु पर्नेछ। बोलपत्रहरू वैशाख २३ गते दिउँसो ४:०० बजे बैंकको सोही शाखा कार्यालयमा खोलिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
