सेन्ट्रल फाइनान्सले चितवन र सिन्धुलीको घरजग्गा बेच्दै

Apr 23, 2026

सेन्ट्रल फाइनान्स लिमिटेडले कर्जा चुक्ता नगर्ने विभिन्न ऋणीहरूको धितोमा रहेको चल/अचल सम्पत्ति लिलाम बिक्रीका लागि ७ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। नारायणगढ र बनेपा शाखाबाट कर्जा लिएका ऋणीहरूले पटक-पटकको ताकेता गर्दा पनि बक्यौता भुक्तान नगरेकाले यो सूचना प्रकाशित गरिएको हो।

इच्छुक व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित भएको ७ दिनभित्र अर्थात् बैशाख १७ गते दिउँसो ३ बजेसम्ममा बोलपत्र फारम भरी सम्बन्धित शाखा कार्यालयहरूमा पेश गर्नुपर्नेछ। लिलाम हुने सम्पत्तिहरूमा चितवन र सिन्धुली जिल्लाका विभिन्न स्थानमा रहेका घरजग्गाहरू रहेका छन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स