उद्योग संगठन मोरङमा अवस्थित विराटनगर इन्क्युबेसन केन्द्रले औद्योगिक उद्यम विकास प्रतिष्ठानसँगको साझेदारीमा कोशी प्रदेशका स्टार्टअप र साना तथा मझौला उद्यमीहरूका लागि तीन महिने इन्क्युबेसन कार्यक्रम घोषणा गरेको छ। यस कार्यक्रमले सहभागीहरूलाई व्यावसायिक ज्ञान, मेन्टरसिप र लगानीका अवसरहरूमा पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ।
इच्छुक स्टार्टअपहरूले २०८३ वैशाख ११ गते साँझ ५ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। दर्ता भई कम्तीमा ६ महिना सञ्चालनमा रहेका उद्यमहरू यसका लागि योग्य हुनेछन् भने महिला, युवा र नवीन क्षेत्रका व्यवसायलाई प्राथमिकता दिइनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
