सर्वसाधारणका लागि बेष्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा

Apr 12, 2026

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीसम्बन्धी सूचना सार्वजनिक गरेको छ। कम्पनीका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेका सेयर बिक्रीका लागि निवेदन दिएपछि नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार सर्वप्रथम संस्थापक समूहभित्रै बिक्रीको अवसर प्रदान गरिएको थियो। यस क्रममा कम्पनीले ३५ दिने सूचना प्रकाशित गरी संस्थापक सेयरधनीहरूलाई सेयर खरिदका लागि प्राथमिकता दिएको थियो। तर, तोकिएको अवधिभित्र कुनै पनि संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नपरेपछि कम्पनीले अब सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको जनाएको छ।

प्रचलित कानूनबमोजिम योग्य सर्वसाधारण व्यक्ति वा संस्थाले उक्त संस्थापक सेयर खरिद गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा पुगेर आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएका सेयरमध्ये पूजा प्याकुरेलको १९,१०२ कित्ता, दयाराम श्रेष्ठको १८,०९१ कित्ता, विन्दु शर्मा गैरेको १,२१,७५१ कित्ता, सुदन रत्न बज्राचार्यको १,५४१ कित्ता, विनोदलाल बज्राचार्य, सुवर्णलाल बज्राचार्य, दिनेशलाल बज्राचार्य र सुशीललाल बज्राचार्यको समान ६,१६९/६,१६९ कित्ता सेयर रहेका छन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स