आत्मनिर्भर लघुवित्तको सातौं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा वैशाख ७ गते दाङको घोराहीमा सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मीरा चौधरीको अध्यक्षतामा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन र वित्तीय विवरणहरू सर्वसम्मत पारित गरेको छ।

सभाले सेयरधनीहरूलाई हालको चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, संस्थाको अधिकृत पुँजी २० करोड पुर्‍याउने र आगामी आर्थिक वर्षको लागि साकेत आचार्य एण्ड एसोसिएट्सलाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय पनि भएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स