ट्रम्पको कर लगाउने घोषणा पछि क्यानडाले नयाँ सीमा नियमहरूको घोषणा

ट्रम्पको कर लगाउने घोषणा पछि क्यानडाले नयाँ सीमा नियमहरूको घोषणा

क्यानडाले अमेरिकी सीमामा सुरक्षा मजबुत बनाउन नयाँ सीमा नियमहरूको घोषणा गरेको छ। यी उपायहरूले सीमा निगरानीलाई प्रभावकारी बनाउँदै सङ्गठित अपराध नियन्त्रण गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका आउने सबै उत्पादनमा २५ प्रतिशत कर लगाउने निर्णय गरेपछि सार्वजनिक भएको हो। ट्रम्पले आफ्नो घोषणालाई आप्रवासी र अवैध लागूऔषध रोकथामका लागि आवश्यक कदमको रूपमा चित्रण गरेका छन्।

अर्थशास्त्रीहरूले ट्रम्पको कर लगाउने घोषणाले क्यानडाको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्। यसबारेमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डबीच मतभेद देखिएको थियो। मतभेदकै बीच फ्रिल्यान्डले हिजो राजीनामा दिएपछि प्रधानमन्त्री ट्रुडोले पनि विपक्षीको चर्को दबाब सामना गरिरहेका छन्।नयाँ सीमा सुरक्षासँगै क्यानडाले अमेरिकी ट्यारिफको प्रभावलाई सामना गर्ने उपाय खोजिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स