पोखरामा ६० करोड लागतमा सुविधासम्पन्न प्रादेशिक आर्युवेद चिकित्सालय बन्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २ गते
पोखरामा ६० करोड लागतमा सुविधासम्पन्न प्रादेशिक आर्युवेद चिकित्सालय बन्ने
AdvertisementAds

गण्डकी प्रदेशले बनाउने योजना गरेको आयुर्वेद चिकित्सालय अब संघीय सरकारले नै निर्माण गर्ने भएको छ। पोखरा–२६, चापाकोचौरमा बन्ने चिकित्सालयका लागि संघीय सरकारले १० करोड रुपैयाँ विनियोजन गरिसकेको छ भने कुल लागत ६० करोड अनुमान गरिएको छ।

२५ रोपनी जग्गा प्राप्त भइसकेको छ भने थप १० रोपनी सुनिश्चित गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निरीक्षण गर्दै टेन्डर प्रक्रिया अघि बढ्ने जानकारी दिए।

चिकित्सालयमा शिरोधारा, साउना बाथ, स्टिम बाथ, ज्याकुजी, अंकुपंचर, नेचुरोप्याथी, योग तथा पञ्चकर्म सेवासहित आवासीय उपचार सुविधा उपलब्ध गराइनेछ। VIP डिलक्स, डिलक्स, क्याबिन र साधारण गरी १०० शैयासम्मको क्षमता रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स