हर्षद मेहता कुनै नौलो नाम होइन। सन् १९९० ताका भारतीय सेयर बजारमा मेहताको नामको डंका बज्ने गर्दथ्यो। १९९२ मा फर्जी बैंक रिसिप्टको माध्यमबाट बैंकको अरबौं पैसा चलाएको कुरा बाहिर आएपछि मेहता पक्राउ परेका थिए। पछि जेलमै उनको मृत्यु भएको थियो। त्यहि पेरिफेरीको कथामा आधारित रहेर बनेको एउटा मास्टरपिस साउथ मुभी जुन मनि माइन्डेड व्यक्ति र स्टक मार्केटमा आवद्द व्यक्तिहरुका लागि बनेको हो । फिल्मको स्टोरी, कलाकारको अभिनय अत्यन्त प्रशंसनीय छ । हरेक दृश्यलाई एकदमै सन्तुलित र रियलस्टिक तरिकाले प्रस्तुत गरिएको छ।
फिल्मको नाम हो लक्की भाष्कर (lucky bhaskar) जुन हिन्दी डबमा नेटफ्लिक्स बाट हेर्न सकिन्छ । फिल्मको हिरोमा (दुल्कर सलमान) छन् जो भाष्करको रोलमा देखिएका छन् । उनि बैंकमा काम गर्ने नर्मल क्यासिअर हुन्छन् । घरमा श्रीमती, एक छोरा, बाबा, भाई र बहिनिलाई देखाइएको हुन्छ । परिवारमा कमाउने भाष्कर मात्रै हुन्छन् । भाष्करले काम गर्ने बैंकमा उनको सँगै पढेको साथी पनि हुन्छन् तर उनको पढाई राम्रो नभएको कारणले उनले अफिसमा कार्यालय सहयोगीको काम गरेको देखाइएको छ।
भाष्करको तलबले दैनिक गुजारा गर्न निकै कठिन भइरहेको हुन्छ जसले गर्दा उनले धेरै जनासँग लोन लिनु परेको हुन्छ । पैसा नभएकै कारणले भाष्करले आफ्नो ससुराली, पसल र नजिकका व्यक्तिहरुबाट निकै अपमानहरु सहनु परेको देखाइन्छ । उक्त समयमा दर्शकलाई पैसा नै सबै थोक रहेछ भन्ने महसुश हुन्छ ।
उनले आफ्नो काम संगै फ्री समयमा बैंकको फारम भर्न नजानेकाहरुको फारम भर्दिने र त्यहाँबाट केहि कमिसन लिएर पनि कमाई रहेका हुन्छन् । भाष्कर आफ्नो पेशाप्रति एकदमै बफादार हुन्छन् उनले इम्पोलोइ अफ द अवार्ड पनि धेरै पटक जितिसकेका हुन्छन। उनी प्रोमोसन होला अलि स्यालरी बढ्ने आशामा बसिरहेका हुन्छन् । तर त्यहाँ पनि उनको आशा अधुरो रहन्छ । प्रोमोसन अर्कैलाई दिइन्छ। प्रोमोसन नपाएपछि र प्रोमोसन किन आफुलाई नदिएर अर्कैलाई दिएको भनेर सोध्ने क्रममा सिनियरले हदैसम्मको अपमानजनक व्यवहार गरेपछि भाष्करको मन बदलिन्छ र उनी जसरी हुन्छ पैसा कमाउने तिर लाग्नुपर्छ भन्ने सोचमा पर्छन।
केहि दिनदेखि एक व्यक्ति २ लाख रुपैयाँ पैसा मिलाईदिन उनको पछि परेको हुन्छ। त्यो मान्छेले भन्सार छलेर विदेशबाट थुप्रै टिभी सेट ल्याएको हुन्छ तर ति टिभी सेट छुटाइदिन भन्सारको अफिसरले २ लाख घुस मागेको हुन्छ। जसरी पनि पैसा कमाउने ध्याउन्न्नमा लागेको भाष्करले भल्टमा राख्नुपर्ने पैसाबाट सुटुक्क २ लाख रुपैयाँ निकाल्छन र त्यो मान्छेलाई दिन्छन। भन्सारमा अड्किएको टिभी निकालेर बेचेपछि राम्रो नाफा आउँछ अनि भोलिपल्ट २ लाख लगेर भल्टमा हालेर हिसाब मिलाईदिन्छन । पछि उनीहरुले भन्सार छलेर ल्याईएको गाडी समेत त्यसरी बेच्छन र राम्रो नाफा कमाउँछन्।
तर एकदिन त्यो सबै सेटिङ्ग मिलाउने व्यक्ति देश छोडेर उनको छोरो बसिरहेको मुलुकमा सधैंलाई उतै बस्ने गरी जान्छन।
अब भाष्करको उही पुरानो दिन सुरु हुने वाला थियो त्यसैबीच भाष्करले प्रोमोसन पाउछन् । प्रोमोसन पाए पछि उनले धेरै कुराहरु बुझ्छन् । काम गर्दै जाने क्रममा भाष्करले हर्षा मेहरा (फिल्ममा हर्षद मेहतालाई हर्षा मेहराको रुपमा प्रस्तुत गरिएको छ) बैंक स्टेटमेन्टबाट सेयर मार्केटबाट कति सम्म पैसा कमाउन सकिन्छ भन्ने कुरा थाहा पाउछन् । मेहरा एक स्टक ब्रोकर थिए। त्यतिबेला एक बैंकबाट अर्को बैंकले पैसा सापटी लिन दिन बैंक रिसिप्टको प्रयोग गर्ने गरिन्थ्यो। तर एउटा बैंकले सिधै अर्को बैंकलाई पैसा दिन या लिन मिल्दैनथ्यो। ब्रोकरले त्यो काम गरिदिन्थ्यो। हर्षा मेहराले बैंकबाट पैसा लिन्थ्यो तर त्यो पैसा अर्को बैंकको खातामा नभई सिधै आफ्नै खातामा पठाउँथ्यो। अनि त्यो अर्बौं पैसाले सेयर बजारमा हलचल आउने गरी किन्थ्यो र मूल्य बढाएर एउटा बिन्दुमा पुर्याएपछि भएभरको सेयर एकैपटक बेचिदिन्थ्यो। यसरी बैंकको पैसा घुमाएर मेहराले सेयर बजारबाट पैसा छापिरहेको थियो। यो कुरा भाष्करले थाहा पाउँछ र हर्षा मेहराले गरिरहेको घप्लामा साथ दिन सक्दिन भनेर मेहराको स्टाफलाइ धम्क्याउँछ। पछि हर्षाले सेयर किन्नुभन्दा १ दिन अघि र बेच्नु १ दिन अघि आफूलाई जानकारी दिने शर्तमा हर्षाको काम गर्न तयार हुन्छ। त्यसपछि भाष्करको जीवनमा पैसाको वर्षात् हुन थाल्छ। नसोचेको पैसा कमाएपछि केहि समयको लागी भाष्करमा पैसा कै कारण घमण्ड आएको समेत देखाइन्छ । जसले गर्दा उनको पारिवारिक जीवनमा समेत समस्या देखिन सुरु गर्छ । पछि विस्तारै भाष्करले पैसाबाट सबै बिग्रेको नाताहरु पैसा नै दिएर, कसैलाई त्यहि पैसा बाट गिफ्टहरु किनिदिएर सबैलाई आफ्नो बनाउँछन्। पैसाले सम्बन्ध किन्न सकिन्छ भन्ने कुरालाइ फिल्ममा निकै उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ।
कहानी यत्तिकैमा सकिंदैन। बैंकको अध्यक्ष र सीईओ हर्षासंग मिलेका हुन्छन र फेक बैंक रिसिप्ट इस्स्यु गर्नुमा भाष्करको हात छ र स्क्याम उसैले गरेको हो भन्ने बनाएर आफू उम्किन उनीहरुले महत्वाकांक्षी भाष्करलाई बैंकको असिस्टेन्ट जेनरल म्यानेजर जस्तो हाईयर लेभलको पदमा प्रोमोसन गराएका हुन्छन। भाष्करले यो सबै कुराहरु बुझेको हुन्छ र १०० करोडभन्दा बढी पैसा हात पारेर सबै चंगुलबाट निस्किई अमेरिकामा सेटल हुन्छ र फिल्म सकिन्छ।

प्रतिकृया