भारतीय विदेश मन्त्रालयले यस वर्षको जनवरीदेखि अहिलेसम्म १००० भारतीय नागरिकलाई अमेरिकाबाट भारत फिर्ता ल्याइएको जनाएको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार तीमध्ये करिब ६२ प्रतिशत नागरिक व्यावसायिक उडानमार्फत स्वदेश फर्किएका हुन्।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले देशमा अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई बाहिर निकाल्ने घोषणा गरेका थिए। यसै वर्षको फेब्रुअरीमा, सयभन्दा बढी भारतीय नागरिकलाई अमेरिकी सैन्य विमानमार्फत देश निकाला गरिएको थियो।
अमेरिकाले हालसम्म करिब १८००० भारतीय नागरिकहरूलाई अवैध रूपमा बसोबास गरिरहेको पहिचान गरेको जनाएको छ। भारतस्थित अमेरिकी दूतावासले चेतावनी जारी गर्दै अमेरिकामा अधिक समय बस्दा देश निकाला र स्थायी प्रतिबन्ध लाग्ने जोखिम रहने जनाएको छ। दूतावासका अनुसार यो नियम कानुनी रूपमा अमेरिका आएका व्यक्तिहरूमा पनि लागू हुनेछ।


















![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-150x150.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)

प्रतिकृया