लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारको श्रम मन्त्री बन्दै २० औँ पटक मन्त्री बन्ने अवसर पाएका छन्।
सोमबार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीसँगै २१ जना मन्त्रीहरुलाई शपथग्रहण गराएका थिए। ओली क्याबिनेटमा यसपटक ९ जना नयाँ अनुहार मन्त्री बनेका छन्। पहिलो पटक मन्त्री बन्नेमा कांग्रेसबाट आरजु राणा देउवा, प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी र ऐनबहादुर शाही भने एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ता पहिलो पटक मन्त्री बनेका छन् ।
मन्त्रीहरुले सपथ लिँदा नयाँ अनुहारका बीच २० औँ पटक मन्त्रीको सपथ ग्रहण गर्दै गरेका शरदसिंह भण्डारी समेत थिए। उनलाई अहिले पञ्चायत देखि गणतन्त्र सम्मको मन्त्री भन्दै सामाजिक संजालमा उनको आलोचना गरिएको छ।
बि सं २०४३ मा पहिलो पटक सहायक मन्त्रीको रूपमा मन्त्रिमण्डल प्रवेश गरेका थिए। त्यसयता सरकारको नेतृत्त्व गर्ने व्यक्तिको अनुहार फेरिएपनि मन्त्रीमण्डलमा भने उनको उनको नाम समेटियीरह्यो। २०४३ यता उनी बिना विभागीय मन्त्री, युवा तथा खेलकुद मन्त्री, स्वास्थ्यमन्त्री, पर्यटन तथा नागरिक उड्यन मन्त्री, रक्षा मन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री हुँदै श्रम मन्त्री सम्म भएका छन्।




![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)






![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया