नेपाल विद्युत प्राधिकरणले बाराको सिमरामा रहेको जगदम्बा स्टिलको बिजुलीको लाइन काटिदिएको छ । प्राधिकरणले डेडिकेटेड लाइनको बक्यौता रकम र जरिवाना नतिरेको भन्दै गएराति नौ बजे जगदम्बा स्टिलको लाइन काटिदिएको हो । प्राधिकरणका अनुसार जगदम्बाले डेडिकेटेड लाइनको बक्यौता र थप २५ प्रतिशत जरिवानासहित १ अर्ब ६० करोड रुपैयाँ बुझाउन बाँकी छ।
यसअघि प्राधिकरणले २५ असारमा रिलायन्स स्पिनिङ, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट लगायतका उद्योगका लाइन काटेको थियो यससँगै विद्युत् प्राधिकरणले लाइन काटिदिएका उद्योगहरुको संख्या ६ पुगेको छ ।
२०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडसेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेका उद्योगहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण र उद्योगी बिच विवाद चल्दै आएको छ। विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिसचन्द्र लालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरेको छ। सोही आयोगले दिएको प्रतिवेदनका आधारमा यो विषय समाधान गर्ने बताइएको छ। उद्योगीहरूले भने आयोगको प्रतिवेदनलाई प्राधिकरणले अवज्ञा गरेको दाबी गर्दै आएका छन्।



















प्रतिकृया