वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २ गते
वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश
AdvertisementAds

सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र बिक्री–वितरण नगर्न आदेश दिएको छ ।करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध यशोदा फुड्सले वाइवाइको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनुपर्ने दावीका साथ सर्वोच्च अदालत गएको थियो । सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो ।

यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने र्‍यापर प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गरेको सीजी फुड्सले त्यसो नगर्न आग्रह गर्दै आएको थियो ।चार दशक लगाएर वाइवाइले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरेको सीजीको भनाइ रहँदै आएको छ ।

यशोदा फुड्सले वाईवाईको नक्कल गरी त्यसलाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्नसमेत कोसिस गरेको थियो। अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रक्रियालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ।यस आदेशले वाइवाइको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने हुन्छ

। यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत रूपमा बिक्रिवितरण गरिए अदालतको मानहानी गरेको मानिने छ । अदालतको यस आदेशले बौद्विक सम्पत्ति चोरी गरी नाजायज फाइदा उठाउन खोज्ने प्रवृत्तीलाई निरुत्साहित गरेको सीजीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स