मधेशका अर्थ मन्त्री जितेन्द्रद्वारा भौतिक पूर्वाधार विकासमा जोड

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २८ गते
मधेशका अर्थ मन्त्री जितेन्द्रद्वारा भौतिक पूर्वाधार विकासमा जोड

मधेस प्रदेशका अर्थ मन्त्री सुनिलकुमार यादव ( जितेन्द्र)ले भौतिक पूर्वाधार विकास निर्माणमा जोड दिने प्रतिवद्धता जनाएका छन्। गृहनगर रौतहटको फतुवा विजयपुरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जितेन्द्रले उक्त प्रतिवद्धता जनाएका हुन्।

फतुवा विजयपुर-११ हिमालिवासमा भेट्घाटको क्रममा कार्यकर्ताहरूले गाउँ, टोल तथा पालिकाको विकासबारे प्रश्न राखेका थिए।

स्थानीयले खानेपानी, ढल तथा नाला, बाटोघाटोको सम्स्याबारे राखेको प्रस्तावमा अर्थ मन्त्री यादवले उक्त समस्याहरू तत्काल समाधान गर्ने प्रतिवद्धता जनाएका थिए।

अर्थ मन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक आफ्नो पालिका पुगेका सुनिल जितेन्द्रलाई जनप्रतिनिधि  तथा नगरafसीले फूलको माला लगाई, खाँदा ओढाएर स्वागत गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यसअघि क्षेत्र ३ को संघीय सांसदको रुपमा नेतृत्व गर्दा पनि सकेजति विकास गरेको दोहोर्‍याएका थिए।

सो क्षेत्रका स्थानीयले दिएको प्रदेश सांसदको अभिभारा पनि पूर्ण इमान्दारी साथ निभाउँदै अर्थ मन्त्रीको हैसियतले क्षेत्रको समग्र विकासमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स