फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ प्रतिशत लाभांश घोषणा गरेको छ । असोज १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले कुल १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० मा भने लाभांश वितरण गरेको थिएन ।
















प्रतिकृया