पेट्रोलियम पदार्थको उच्च आयातले व्यापार घाटा बढायो

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ८ गते
पेट्रोलियम पदार्थको उच्च आयातले व्यापार घाटा बढायो
AdvertisementAds

भन्सार विभागले चालु आर्थिक वर्षको पहिलो दुई महीना (साउन-भदौ)को वैदेशिक व्यापारको विवरण सार्वजनिक गरेको छ। तथ्यांकअनुसार, यो अवधिमा अन्य मुलुकबाट हुने आयातमा १ दशमलव ०८ प्रतिशतको वृद्धि देखिएको छ, भने नेपालबाट अन्य मुलुकमा हुने निर्यात ५ दशमलव १२ प्रतिशतले घटेको छ।

नेपालले यो अवधिमा विश्वका १२२ देशबाट २ खर्ब ६२ अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु तथा सेवा आयात गरेको छ। तर, सोही अवधिमा नेपालले केवल २५ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ, जसले गर्दा नेपालले ९१.२८ प्रतिशतको व्यापार घाटा व्यहोरेको छ।

आयातका हिसाबले नेपालले सबैभन्दा बढी भारतबाट १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ, जबकि दोस्रो स्थानमा चीनबाट ५१ अर्ब १० करोड रुपैयाँको आयात भएको छ। यसपछि, उक्रेन, अष्ट्रेलिया, कतार, अमेरिका, इन्डोनेशिया, मलेसिया, बहराइन, र थाइल्यान्डलगायतका देशहरूबाट पनि नेपालले विभिन्न वस्तु तथा सेवा आयात गरेको छ।

सबैभन्दा बढी आयात भएका वस्तुमा पेट्रोलियम पदार्थ प्रमुख छ, जसमा ३४ अर्ब १३ करोड ६१ लाख रुपैयाँको पेट्रोलियम पदार्थ नेपालले आयात गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स