नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइन वापतको बक्यौता नबुझाउने ४३ उद्योगको विद्युत लाइन बिहीबार राति काटेको जानकारी दिएको छ।
प्रभावित उद्योगहरूमा सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट लगायतका सिमेन्ट उद्योगहरू तथा भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिल, श्याम प्लास्टिक लगायतका अन्य कारखाना समावेश छन्।
प्राधिकरणले गत असोज २४ गते सूचना प्रकाशित गर्दै २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बुझाउन ४९ उद्योगहरूलाई ताकेता गरेको थियो।
प्राधिकरणले उद्योगहरूलाई बक्यौता महसुल तिर्न समयसीमा दिएको भए पनि केही उद्योगीहरूले बक्यौता महसुल नतिर्ने अडान लिएपछि प्राधिकरणले यो कदम चालेको हो।
कार्यकारी निर्देशकले उर्जा मन्त्रीसँग भेटेर लाइन नकाट्ने निर्णय भए मन्त्रीपरिषद्को हस्तक्षेप आवश्यक भएको बताएका थिए, तर मन्त्रिपरिषद्को बैठकमा यसबारे कुनै ठोस निर्णय नभएपछि प्राधिकरणले सेवा बन्द प्रक्रिया सुरु गरेको थियो।







![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-768x432.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-768x432.jpg)





![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया