नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन आदेशलाई नै निरन्तरता दिएको छ । शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले असार १८ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
पाँच जना उम्मेदवार मध्ये तीन जना अन्तरवार्ता तथा प्रस्तुतीकरणमा सहभागी नभएपछि सरकारले यो प्रक्रिया रद्द गरेको थियो। कानूनी व्यवस्था अनुसार कम्तिमा तीन जनाको नाम समितिले सिफारिस गर्नुपर्ने भएपछि नियुक्ति प्रक्रिया रद्द गरिएको थियो ।
सर्टलिष्टमा परेका सन्तोष नारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने सरकारको निर्णयविरुद्द रिट दायर गरेका थिए । उनले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।




















प्रतिकृया