ट्रम्पको चुनावमा करोडौँ खर्च गरेका एलन मस्कलाई ट्रम्पले दिए विशेष पद

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २८ गते
ट्रम्पको चुनावमा करोडौँ खर्च गरेका एलन मस्कलाई ट्रम्पले दिए विशेष पद
AdvertisementAds

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त  गरेका छन्। यो पद औपचारिक क्याबिनेटमा नभए पनि यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्नु हो।

राष्ट्रपतिको चुनावमा ट्रम्पलाई समर्थन गरेका मस्कले अब सरकारी संयन्त्रलाई प्रभावकारी बनाउन सघाउनेछन्। मस्कको नेतृत्वमा रहेको डिओजीईमा भारतीय मूलका विवेक रामास्वामीलाई पनि ट्रम्पले नियुक्त गरेका छन्।

विज्ञप्तिमा ट्रम्पले मस्कलाई ‘ग्रेट एलन मस्क’ र रामास्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन्। नियुक्तिपछि रामास्वामीले आक्रामक रुपमा जिम्मेवारी पूरा गर्ने संकेत गर्दै ‘नरम रुपमा प्रस्तुत हुने छैनौं’ बताएका छन्।

ट्रम्पले ‘सेभ अमेरिका’ अभियान अन्तर्गत अनावश्यक सरकारी विभागहरू बन्द र अप्रासंगिक नियमकानुन संशोधन गर्ने तयारी गरेका छन्, जसलाई मस्क र रामास्वामीले समर्थन गर्नेछन्। मंगलबार ट्रम्पले फ्लोरिडाका सांसद माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार र मार्को रुबियोलाई विदेश मन्त्रीमा नियुक्त गरेको घोषणा पनि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स