SHAREHUBSHAREHUB

जब अर्थमन्त्रीलाई भारतीय ब्रोकरले सोधे रिस्क हाम्रो रिटर्न सरकारको? 

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ७ गते
AdvertisementAds
जब अर्थमन्त्रीलाई भारतीय ब्रोकरले सोधे रिस्क हाम्रो रिटर्न सरकारको? 
AdvertisementAds

यो प्रसंग ६ दिन अगाडिको हो। गत मंगलबार बंबई स्टक एक्सचेन्जले आयोजना गरेको एक कार्यक्रममा भारतका एक ब्रोकर सञ्चालकले अर्थमन्त्री निर्मला सीतारमणलाई सरकारले लगाउने विविध कर बारे प्रश्न गर्दै ब्रोकरले भन्दा सरकारले बढी पैसा कमाइरहेको जिकिर गरे। 

उनले अर्थमन्त्री सीतारमणलाई प्रश्न गर्दै “एक ब्रोकरका रूपमा, जब हामी लगानीकर्ताहरूका लागि कारोबार गर्दैछौँ, तपाईँले जिएसटि, आइजिएसटी, स्ट्याम्प शुल्क, एसटीटी र दीर्घकालीन पूँजीगत लाभ कर लगाउनुहुन्छ । त्यसैले आज भारत सरकारले ब्रोकरले भन्दा बढी कमाउँदै छ। म सबै कुरा लगानी गर्दैछु, धेरै जोखिम लिइरहेको छु, र सरकारले मेरो सबै नाफा लिएर गइरहेको छ। के सरकार मेरो स्लीपिङ पार्टनर हो?” उनले भने “म मेरो पैसा, मेरो जोखिम, मेरो कर्मचारी, मेरो सबै कुराको बाजी लगाउँदै छु। तपाईँ यस विषयमा के भन्न चाहनुहुन्छ? ” 

जवाफमा अर्थमन्त्री निर्मला सीतारमणले स्लीपिङ पार्टनरले यहाँ बसेर उत्तर दिन नमिल्ने बताइन्। 

#bajarkochirfar

 

AdvertisementAds

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स