चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर पहिरोका कारण टिमुरेमै रोकिए

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण १० गते
चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर पहिरोका कारण टिमुरेमै रोकिए
AdvertisementAds

गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटारखण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ। गत वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीसाधन रोकिएका छन्। प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार आजदेखि अर्को व्यवस्था नभएसम्म हल्का सवारीसाध नबाहेक अन्य ठूला सवारीसाधन लैजान रोक लगाइएको छ ।

गत वर्ष राज्यको ठूलो लगानीबाट निर्माण भएको ग्याबिन पर्खाल मजबुत नभएकै कारण सडकमार्गमा क्षति भएको स्थानीयले बताएका छन् । पर्खालको ग्याबिन बक्सा पल्टिएपछि आसपासका बस्तीमा समेत जोखिम बढेको छ ।

सडकमा पानी जम्न नदिई अन्यत्र निकास गर्ने, भित्तामा रहेको पानीलाई पाइपद्वारा अन्यत्र निकास दिने, नालीलाई निरन्तर सफा गराउने, अन्यत्र स्थानबाट वैकल्पिक मार्ग खोल्नेजस्ता काम गर्न एक महिना अगाडि गरिएको अनुरोधलाई जिम्मेवार निकायले बेवास्ता गरेका कारण पासाङल्हामु मार्गमा क्षति भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।सडकमार्ग क्षति भएसँगै चीनबाट आयात भएका सवारीसाधन रसुवागढीमा रोकिएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार काठमाडौंका लागि चीनबाट आयात भएका एक सय ५० विभिन्न सामग्रीसहितका कन्टेनर सडकको अभावमा रसुवागढीमै रोकिएका छन् ।

अन्तर्राष्ट्रिय व्यापार–व्यवसाय गराउने प्रमुख मार्गलाई तत्काल मर्मत गरी सञ्चालन गरिदिन व्यवसायीले अनुरोध गरेका छन् । ठूलो पानी परे पूरै क्षति हुन सक्ने सम्भावनालाई मध्यनजर राख्दै वैकल्पिक मार्गका लागि बोगटीटार–बनुवा र आमभञ्ज्याङ सिम्ले, तारुके हुँदै धारापानीको ग्रामीण सडक मर्मत गरी यातायात सञ्चालनमा सहज पारिदिन स्थानीयले सुझाव दिएका छन्।

रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका डिभिजनल इन्जिनियर सुबाेध देवकोटाले पहिरोस्थलमा प्राविधिक अध्ययन सुरु भइसकेको, एक–दुई दिनमै सबैखाले सवारीसाधन सञ्चालन गराउने जनाउँदै वैकल्पिक मार्गका रूपमा पहिलो चरणमा धारापानी, बेलचौर, सिम्ले ग्रामीण सडक सञ्चालन गराउन आजैदेखि मर्मत सुरु गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स