किन घट्यो युनिक नेपाल लघुवित्तको नाफा ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २७ गते
किन घट्यो युनिक नेपाल लघुवित्तको नाफा ?

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ, जसमा संस्थाको नाफामा ७४.८७ प्रतिशतको गिरावट देखिएको छ। यस त्रैमासमा लघुवित्तले ७९ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३ करोड १७ लाख रुपैयाँ थियो।

ब्याज आम्दानीमा कमी आउनु र इम्पेरीमेन्ट चार्ज बढ्दा नाफामा गिरावट देखिएको हो। चालु वर्षको पहिलो तीन महिनामा लघुवित्तको ब्याज आम्दानी २६.१७ प्रतिशतले घटेर ६ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ। संस्थाले अघिल्लो वर्षको सोही अवधिमा ब्याज आम्दानी ८ करोड ३४ लाख रुपैयाँ थियो। त्यस्तै, लघुवित्तको इम्पेयरमेन्ट चार्ज ३९.८३ प्रतिशतले बढेर भएर २ करोड ८८ लाख रुपैयाँ पुगेको छ। यस्तै निष्क्रिय कर्जा अनुपात बढेर १५.७९ प्रतिशत पुगेको छ। 

संस्थाको प्रतिसेयर आम्दानी ६३ रुपैयाँ ९९ पैसाबाट घटेर २१ रुपैयाँ ४८ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ ३३९ रुपैयाँ ६८ पैसा रहेको छ। संस्थाको जगेडा कोषमा १७ करोड ४४ लाख रुपैयाँ रहेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स