बालकुमारीस्थित एक घरमा मध्यरातमा विद्युत् चुहावटका कारण आगलागी भएको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार सिसिआरसी कलेज नजिकै स्वाभिमान श्रेष्ठको दुईतले घरमा भएको आगलागीले ठूलो क्षति पुर्याएको छ।
प्रहरीका सहायक हवल्दार रुद्रप्रसाद गौतमका अनुसार आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टद्वारा सञ्चालित ‘डगेरा फार्मेसी’ पूर्ण रूपमा जलेर नष्ट भएको छ। त्यस्तै, श्रेष्ठको घरसँगै रहेको एक पान पसल, मःम पसल, र ‘जुम्बा डान्स सेन्टर’ समेत जलेर नष्ट भएको छ।
प्रहरीले आगलागीबाट भएको क्षतिको यकिन विवरण आइनसकेको जानकारी दिएको छ। आगो नियन्त्रणमा लिन काठमाडौँका तीन र ललितपुरका दुईवटा दमकल, साथै प्रहरी परिचालन गरिएको थियो। पाँचवटा दमकलको सहयोगमा करिब एक घण्टापछि आगो निभाइएको हो।




















प्रतिकृया