एलन मस्क, संसारका सबैभन्दा धनी व्यक्ति, अमेरिकामा डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा जिताउन महत्वपूर्ण भूमिका खेले। ट्रम्पको जीतपछि, अब मस्कको समर्थनमा ट्रम्पले मुख्य शासकको भूमिका निर्वाह गर्ने सम्भावना छ।
तर, चुनाव परिणामपछि मस्ककी छोरी जेना विल्सनले “वस्न लायक देश नरहेको” भन्दै अमेरिका छोड्ने निर्णय लिइन्। उनले थ्रेड्समा लेखिन्, “ट्रम्प केवल ४ वर्षका लागि राष्ट्रपति हुनेछन्, तर जसरी उनले जिते र मानिसहरूले आँखा चिम्लेर भोट हाले, तिनीहरूको सोच बदल्न कठिन छ। त्यसैले अब अमेरिका बस्न लायक देश छैन।”
जेना कुन देश जान लागेकी छिन् भन्ने खुलाइएको छैन। जेना, एलन मस्क र उनका पूर्वपत्नी जष्टिन विल्सनकी छोरी, सन् २००४ मा जन्मीएकी थिइन्। २०२२ मा उनले मस्कसँगको सम्पूर्ण सम्बन्ध विच्छेद गर्दै, उनलाई बाबु मान्न नचाहेको घोषणा गरिन्। जेना, जसको वास्तविक नाम जेभियर एलेक्जेण्डर मस्क हो, किशोरावस्थामा लिङ्ग परिवर्तन गरेर महिला बनेकी थिइन्।
(एजेन्सीहरुको सहयोगमा)
















प्रतिकृया