एलन मस्कले किनेपछि एक्सको मूल्य ८० प्रतिशतले घट्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १७ गते
एलन मस्कले किनेपछि एक्सको मूल्य ८० प्रतिशतले घट्यो
AdvertisementAds

एलन मस्कले सामाजिक सञ्जाल कम्पनि ट्वीटर (हाल एक्स) किनेपछि कम्पनिको मुल्य ८० प्रतिशतले घटेको पाइएको छ ।

मस्कले २०२२ मा ४४ बिलियन डलरमा किनेको ट्वीटरको अहिलेको मुल्य ४.२ बिलियन रहेको अमेरिकी लगानी सम्बन्धि विश्लेषण गर्ने कम्पनि फिडेलिटीलाई उदृत गर्दै सिएनएनले उल्लेख गरको छ ।

मस्कले ट्वीटर किन्ने समयमा नै उनले कम्पनिका लागि बढी रकम तिरेको बताइएको थियो । मिडिया रिपोर्टका अनुसार २०२२ मा ट्वीटरको मुल्य ३० बिलियन डलर भन्दा बढी नभएपनि मस्कले १४ बिलियन डलर तिरेको विश्लेषण गरिएको थियो ।

मस्कले किनेपछि धेरै जसो विज्ञापनदाता एक्सप्रति आकर्षित हुन नसकेको विभिन्न रिपोर्टहरुमा यस अघि पनि उल्लेख गरिएको छ ।

हालै कान्तरले गरेको ग्लोबल सर्भेमा २६ प्रतिशत विज्ञापनदाताले अर्को बर्ष एकसमा गर्ने खर्चमा कटौती गर्ने योजना बनाएको देखिएको छ । यस सर्वेमा ३९ प्रतिशत विज्ञापनदाता गुगलमा राखेको विज्ञापनबाट सन्तुष्ट देखिएका छन् भने एक्समा यो संख्या केवल ४ प्रतिशत मात्र रहेको छ ।

गत नोभेम्बरमा मस्क आफैले नाम चलेका ब्रान्डले एक्समा विज्ञापन नदिएको आरोप लगाएका थिए ।

यस बर्षको दोस्रो क्वाटरमा एक्समा प्रति महिना ५७० सक्रिय प्रयोगकर्ता रहेको र यो अघिल्लो सोहि समयको ६ प्रतिशतले बढी भएको दाबि एक्सले गरेको छ तर बिभिन्न रिपोर्टले अहिले एक्सका प्रयोगकर्ता मस्कले कम्पनि किनेपछि २० प्रतिशत भन्दा बढीले घटेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स