instainsta

उर्जामन्त्रालयले विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्य हटायो

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २० गते
उर्जामन्त्रालयले विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्य हटायो
AdvertisementAds

उर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएको छ ।  मन्त्रिस्तरीय निर्णयबाट सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाइएको हो ।

दुवैलाई यसअघि साउन १५ गते स्पष्टिकरण सोधिएको र सो स्पष्टिकरणको जवाफ साउन १८ गते दुवैले बुझाएकोमा उर्जा मन्त्रालयले सोहि दिन नै दुवैलाई हटाएको थियो ।

पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महशुल बक्यौताको विवादमा प्रवन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिएको बताइएको छ ।

विद्युतको बक्यौता उठाउने विषयमा सरकार र प्राधिकरणबीच विवाद चर्किएपछि अहिले यो विषय संसद्को सार्वजनिक लेखा समितिमा समेत पुगेको छ । लेखा समितिमा पुगेर समेत कुलमानले बक्यौता नतिरे उद्योगको लाइन काटिदिने आफ्नो अडान दोहोराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स