इलन मस्कको राजनीतिक प्रभाव: २०२८ मा राष्ट्रपति पदका लागि उम्मेदवार बन्न सक्ने सम्भावना छ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २६ गते
इलन मस्कको राजनीतिक प्रभाव: २०२८ मा राष्ट्रपति पदका लागि उम्मेदवार बन्न सक्ने सम्भावना छ?

डोनाल्ड ट्रम्प अमेरिकाका ४७ औं राष्ट्रपति चुनिएका छन्। रिपब्लिकन उम्मेदवार ट्रम्पले गत मंगलबार ऐतिहासिक जित हासिल गर्दै जनवरीमा कार्यभार सम्हाल्नेछन्। उनको जितमा विश्वकै धनाढ्य व्यक्तिको सहयोग महत्वपूर्ण रहेको छ—इलन मस्कले ट्रम्पलाई समर्थन गरेर ठूलो रकम खर्च गरे र तीव्र प्रतिस्पर्धा भएका राज्यहरूमा प्रचारप्रसारमा सहभागी भए।

मस्कले ट्रम्पको जितका लागि प्रचारसभामा व्यक्तिगत रूपमा उपस्थित भएर सम्बोधन गरे र चुनाव नजिकिँदै १० लाख डलरका चिठ्ठा दिने योजना पनि अघि बढाए। अमेरिकाका प्रमुख समाचार पत्रिका फर्च्युनका अनुसार मस्कको सहयोग बिना ट्रम्पको ऐतिहासिक जित असम्भव थियो। चुनाव जितेपछि ट्रम्पले मस्कलाई प्रशंसा गर्दै उनलाई ‘अमेरिकाको उदीयमान तारा’ भने।

ट्रम्पले मस्कलाई ह्वाइट हाउसमा महत्त्वपूर्ण जिम्मेवारी दिने घोषणा समेत गरे। मस्कको बढ़्दो राजनीतिक सक्रियतासँगै आगामी राष्ट्रपतीय चुनावमा उनको सम्भावित सहभागिताको चर्चा भइरहेको छ, तर अमेरिकी संविधानले राष्ट्रपति बन्नका लागि उम्मेदवारको जन्म अमेरिकामा हुनुपर्छ र कम्तीमा १४ वर्ष अमेरिकामा बस्नु पर्ने प्रावधान रहेको छ।

मस्क दक्षिण अफ्रिकामा जन्मिएका छन् र २००२ मा मात्रै अमेरिकी नागरिकता लिएका थिए। यसैले अमेरिकी संविधानका अनुसार मस्कका लागि राष्ट्रपति बन्ने सम्भावना छैन। यद्यपि मस्कले यसबारे स्पष्ट गर्दै भनेका छन् कि उनी राष्ट्रपति बन्न चाहँदैनन् र भविष्यमा विद्युतीय कार र रकेटहरूको विकासमा ध्यान केन्द्रित गर्नेछन्।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स