अमेरिकी अरबपति पउलसनले भने, “कमला ह्यारिस राष्ट्रपति भए सेयर बजारबाट सबै पैसा झिक्छु”

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन २ गते
अमेरिकी अरबपति पउलसनले भने, “कमला ह्यारिस राष्ट्रपति भए सेयर बजारबाट सबै पैसा झिक्छु”

अमेरिकी हेज फण्ड अरबपति जोन पउलसनले डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले निर्वाचन जिते आफ्नो सबै पैसा बजारबाट झिक्ने बताएका छन्। उनले कमलाको जित लगानीकर्ताका लागि निराशाजनक हुने दाबी गर्दै, कमलाले राष्ट्रपति भए कर योजना र आर्थिक नीतिहरूले लगानी असुरक्षित बनाउने बताए।

उनले भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र कमला ह्यारिसका आर्थिक योजनाहरू भिन्न रहेको भन्दै ट्रम्पले सन् २०१७ को कर कटौती योजना विस्तार गर्न चाहेको बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा, पउलसनले कमलाले कर्पोरेट कर २१% बाट २८% सम्म र पूँजीगत लाभकर २०% बाट २८% सम्म बढाउने योजना बनाएको दाबी गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स