मेरो माइक्रोफाइनान्सले माघ ४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभा हलमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
त्यस्तै, कम्पनीमा रहेको संस्थापक सेयरधनीको स्वामित्व ५९.४० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४०.६० प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुराउने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गर्दैछ । जस अनुसार पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने तथा सभामा भाग लिन सक्नेछन् ।













प्रतिकृया