बिमा प्राधिकरणको नेतृत्व अब कसले सम्हाल्ने ? शरद ओझासहित ३ जनाको नाम सिफारिस

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १२ गते
बिमा प्राधिकरणको नेतृत्व अब कसले सम्हाल्ने ? शरद ओझासहित ३ जनाको नाम सिफारिस

नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले बिमा प्राधिकरणको अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा सर्टलिस्टमा परेका ५ जनामध्ये शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको हो।

यस सिफारिसका आधारमा आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्नेछ, जहाँ तीन सिफारिस भएका उम्मेदवारमध्ये एक जनालाई बीमा प्राधिकरणको अध्यक्ष चयन गरिनेछ। नयाँ अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स