instainsta

सर्वसाधारणका लागि सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ५ गते
सर्वसाधारणका लागि सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ हजार ६५४ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

संस्थाका संस्थापक समूहका केही सेयरधनीले आफ्नो नाममा रहेको उक्त संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानुनबमोजिम बिक्री प्रक्रिया अघि बढाइएको हो।

व्यवस्थाअनुसार संस्थापक सेयर खरिदमा पहिलो प्राथमिकता संस्थाकै संस्थापक सेयरधनीलाई दिइएको थियो। त्यसका लागि संस्थाले ३५ दिनको सूचना जारी गरी आवेदन आह्वान गरेको थियो। तर, तोकिएको अवधिभित्र उक्त सेयर बिक्री नभएपछि अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको संस्थाले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित नवलपरासीको गैँडाकोट–५ स्थित संस्थाको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्याको विवरण खुलाएर निवेदन पेश गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स