दिपक भट्टको केस खासमा के हो ? नेप्से घट्छ कि बढ्छ? अब के हुन्छ?[भिडियोसहित]

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २२ गते

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पछिल्ला दिनमा देखिएको गिरावटले लगानीकर्तामा अन्योल बढाएको छ। काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) नेतृत्वपछि बजारमा उछाल आउने अपेक्षा गरिए पनि त्यसको विपरीत बजार ओरालो लागेको छ।

यसबीच सम्पत्ति शुद्धिकरण विभागले नेपाल बीमा प्राधिकरण लाई पत्र लेख्दै व्यवसायी दीपक भट्ट ले नेपाल इन्स्योरेन्स कम्पनीको सेयर खरिदमा करिब ३ अर्ब ८१ करोड रुपैयाँ दुरुपयोग गरेको हो कि भन्ने विषयमा छानबिन गर्न निर्देशन दिएको थियो।

प्राधिकरणको प्रतिवेदनअनुसार भट्टको नाममा सेयर खरिद भए पनि भुक्तानी उनले नगरेको देखिएको छ भने हिमालयन इन्स्योरेन्स लगायत संस्थाहरूलाई तिर्नुपर्ने रकम पनि ब्रोकरमार्फत नतिरेको देखिएको छ, जसले ‘अन्डरस्ट्यान्डिङ’ मार्फत कारोबार भएको आशंका बढाएको छ। यस प्रकरणमा शंकर अग्रवाल र उनका छोरा सुलभ अग्रवाल समेत हिरासतमा परेपछि ठूला लगानीकर्तानै अनुसन्धानमा परेको सन्देशले बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ।

विशेषगरी भट्ट र उनको समूहले नेपाल रिइन्सुरेन्स कम्पनीमा ठूलो परिमाणमा सेयर होल्ड गरेका कारण यसको मूल्य घट्दा समग्र नेप्से सूचकमा प्रभाव परेको छ। साथै हिमालयन लाइफ इन्स्योरेन्स लगायत संस्थागत लगानीकर्ताले ठूलो मात्रामा सेयर संकलन गरेको देखिँदा बजारमा कन्सन्ट्रेसन रिस्क समेत बढेको थियो। विश्लेषणअनुसार यो समूहले पुनर्बिमा क्षेत्रमा प्रभुत्व जमाउने, नेपाल इन्स्योरेन्स कम्पनी र हिमालयन इन्स्योरेन्सलाई मर्ज गराउने तथा नयाँ स्टक एक्सचेन्ज ल्याउने रणनीति बनाएको देखिन्छ।

यद्यपि भारतमा हर्षद मेहता को जस्तो ठूलो स्क्यामसँग तुलना गर्न नमिल्ने विश्लेषकहरूको भनाइ छ, किनकि नेपालमा प्रभाव सीमित कम्पनीमा केन्द्रित छ।

साथै विगतको ४/१२ नीति जस्तो जबरजस्ती सेलिङ प्रेसर अहिले नभएकाले अवस्था फरक रहेको देखिन्छ। हाल अर्थतन्त्रका सूचकहरू तुलनात्मक रूपमा सकारात्मक रहेकाले र सरकारले पूँजी बजार सुधार, गैरआवासीय नेपालीलाई प्रवेश, नयाँ उपकरणको विकास तथा IPO मापदण्ड कडाइ गर्ने संकेत दिएकाले दीर्घकालमा बजार अझ व्यवस्थित र सुदृढ बन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स