अमेरिकाको आगलागीमा मृत्यु हुनेको संख्या २४ पुग्यो, २७० अर्ब डलर बराबरको आर्थिक क्षति



Advertisement
Ads

अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा मृत्यु हुनेको संख्या २४ पुगेको छ। क्यालिफोर्नियाका मौसमविद्हरूले आगलागी अझै बढ्न सक्ने चेतावनी दिएका छन्, किनकि थप तीव्र हावा चल्ने सम्भावना रहेको छ।


Advertisement

लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले पुष्टि गरे अनुसार, आगलागीका कारण इटन क्षेत्रमा ११ र पालिसेड्स क्षेत्रमा ५ जनाको मृत्यु भएको छ। अहिले लस एन्जलस क्षेत्रका चारवटा आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ।


Advertisement

सबैभन्दा बढी क्षति पालिसेड्स क्षेत्रमा भएको छ, जहाँ २३ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ। एक निजी मौसम अनुगमन कम्पनीले आइतबार आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमानलाई २५० देखि २७० अर्ब अमेरिकी डलरसम्म पुग्ने बताएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर