SHAREHUBSHAREHUB

अपर अरुण जलविद्युतले एनआरएन र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १३ अर्ब बराबरको सेयर निष्काशन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १४ गते
AdvertisementAds
अपर अरुण जलविद्युतले एनआरएन र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १३ अर्ब बराबरको सेयर निष्काशन गर्ने
AdvertisementAds

नेपाल विद्युत प्राधिकरणको अगुवाइमा संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १,०६३ मेगावाट माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाका लागि १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैरआवासीय नेपाली (एनआरएन) र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गर्ने प्रस्ताव गरिएको छ। आयोजना निर्माणको लागत व्याजबाहेक १ अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर अनुमान गरिएको छ, जुन हालको विनियमन दर अनुसार २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ हुन्छ। व्याजसहित कुल लागत २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ रहनेछ, जसमा स्वःपूँजी ३० प्रतिशत (७१ अर्ब ९४ करोड) र ७० प्रतिशत ऋण (१ खर्ब ६७ अर्ब ८५ करोड) व्यवस्थापन गर्ने प्रस्ताव छ।

आयोजनाको स्वदेशी इक्विटी ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयरबाट सङ्कलन हुनेछ। साधारण सेयरमध्ये १८ प्रतिशत एनआरएन/वैदेशिक रोजगारी, १० प्रतिशत आयोजना प्रभावित क्षेत्र, १८ प्रतिशत देशभरका सर्वसाधारण, २ प्रतिशत पिछडिएको क्षेत्र र १ प्रतिशत प्रवर्धक निकायका कर्मचारीलाई छुट्याइएको छ।

आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुने अनुमान छ। हाल विद्युतगृह र २१ किलोमिटर पहुँच सडक, साथै अरुण नदीमा ७० मिटर लम्बाइको स्टील आर्क पुल निर्माणाधीन छ। वित्तीय व्यवस्थापन मिश्रित लगानी प्रणालीमार्फत लागत कम र जोखिम न्यूनीकरण गर्दै सञ्चालन हुने प्रस्ताव गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स