स्थानीयले शिखर पावरको आइपीओ भर्ने आज अन्तिम दिन

स्थानीयले शिखर पावरको आइपीओ भर्ने आज अन्तिम दिन

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि माघ ६ गतेदेखि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज माघ २१ गतेसम्म मात्र खुला रहने जनाएको छ।

यसअघि मागबमोजिम आवेदन नपरेको भन्दै माघ २० गते सूचना जारी गर्दै आईपीओको म्याद फागुन ८ गतेसम्म बढाइने जनाएको कम्पनीले पुनः सूचना जारी गरी आवेदन पर्याप्त परेकाले माघ २१ गतेमै निष्काशन बन्द हुने जानकारी दिएको हो।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि माघ ९ गतेसम्म आईपीओ निष्कासन गरेको थियो, जसको माघ १५ गते बाँडफाँड भइसकेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार रितपूर्वक आवेदन दिएका २२ हजार २०० जना आवेदकलाई २ लाख २२ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ।

सर्वसाधारणमा जारी हुने सेयरमध्ये पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ९ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गरेको हो। स्थानीयवासीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स