दुई कम्पनीको हकप्रद भर्ने भोलि अन्तिम दिन रहेको छ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको हकप्रद सेयरमा भर्ने साउन २६ गते भोलि अन्तिम दिन हो।
नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि ३४.७८३ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो। कम्पनीले कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री खुला गरेको हो। यसका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरेको थियो। जस अनुसार, जेठ २९ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन्। सेयरधनीले एनआइएमबि एस क्यापिटलको विभिन्न शाखा कार्यालय, सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा र मेरो सेयरमार्फत हकप्रद भर्न सक्नेछन।
यस्तै, पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा पर्याप्त आवेदन नपरेकाले म्याद थप गरिएको हो। कम्पनीले १:०.५ अनुपातमा (१० कित्तामा ५ कित्ता) अर्थात् कुल ३१ लाख ६३ हजार कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा निष्काशन गरेको हो। कम्पनीले असार २ गते बुक क्लोज गरेको थियो।जस अनुसार, असार १ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। सेयरधनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा र मेरो सेयर अनलाइन प्रणालीमार्फत हकप्रद भर्न सक्नेछन।




















प्रतिकृया