आज रास्वपाले बोलायो बैठक, केके छन् एजेन्डा ?

आज रास्वपाले बोलायो बैठक, केके छन् एजेन्डा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थलीमा बस्दैछ।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिबारे विस्तृत छलफल हुने भएको छ। बैठकमा विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरूको प्रस्तावमाथि छलफल हुनेछ। यसअन्तर्गत संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र र्‍याट विभाग नियमावली २०८१ रहेका छन्।

साथै, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम सञ्चालन, स्वतन्त्र जनप्रतिनिधिहरूलाई रास्वपा आवद्ध गराउने पहल, संसद् अधिवेशनसम्बन्धी रणनीति, सल्लाहकार परिषद् गठन, र केन्द्रीय संगठन विभागमा मनोनयनलगायतका विषय बैठकका प्रमुख एजेन्डा रहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स