दरबारमार्गमा म्याट टक्टक्याएर पेटी फोहोर गर्ने पसलधनीलाई महानगरले तिरायो जरिवाना

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ३ गते
दरबारमार्गमा म्याट टक्टक्याएर पेटी फोहोर गर्ने पसलधनीलाई महानगरले तिरायो जरिवाना

काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित एक पसलबाट म्याट टक्टक्याएर ग्रेनाइट बिच्छ्याइएको पेटीमा धुलो झारेको आरोपमा पसलधनीलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

मंगलबार दिउँसो उक्त घटना सम्बन्धी फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौं महानगरले कारबाही अघि बढाएको हो।

नगर प्रहरी बलका अनुसार म्याटबाट धुलो सडकमा टक्टक्याउने कार्यमा संलग्न पसलधनी पंकज कुमारलाई २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरिएको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स