नेपाल सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ६५ वर्षको उमेर सीमा हटाउने निर्णय गरेपछि सर्वोच्च अदालतले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। पहिलेको मापदण्ड अनुसार गभर्नर बन्न न्यूनतम ३० र अधिकतम ६५ वर्षको उमेर आवश्यक थियो।
रिट निवेदकहरूले उमेर सीमा हटाउनु स्वार्थ समूहको पक्षमा भएको दाबी गर्दै नियुक्तिमा मनोमानी रोक्न माग गरेका छन्। अब सरकारले गभर्नर नियुक्त गर्दा ६५ वर्ष ननाघेका व्यक्तिबाट मात्र छनोट गर्नुपर्नेछ।




![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)






![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया