सोझो रूखलाई छानीछानी काटिन्छ, मिडियाले मेरो बारेमा विवाद मात्रै बनाइदियो: आशिका तामाङ

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ४ गते
सोझो रूखलाई छानीछानी काटिन्छ, मिडियाले मेरो बारेमा विवाद मात्रै बनाइदियो: आशिका तामाङ

धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले ललितपुरमा भएको दुई दिने अभिमुखीकरण कक्षबाट धेरै कुरा सिकेको बताएकी छन्।

बुधबार ललितपुरको रोयल टुलिप होटलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्: “अभिमुखीकरण क्लास एकदम राम्रो भइरहेको छ। विवाद केही छैन, मेरो बारेमा मिडियाले विवाद बनाइदिएको हो। सोझो रुखलाई छानीछानी काटिन्छ भनेझैँ, मलाई बोल्न आउँदैन भनेर उल्लिबिल्ली पारिन्छ।”

आशिकाले थपिन्, ‘सडकमा दह्रो र खरो प्रश्न उठाउने मान्छे अब जनतालाई खुसी पार्ने प्रयासमा लागेको छ।’ उनले अनुभव साझा गर्दै भनिन्:

“दुई दिने कक्षा राम्रो भएको छ। मलाई नयाँ भनेकाले डर थियो। सांसददेखि प्रधानमन्त्रीसम्म नयाँ हुँदा कसले गाइड गर्देला भन्ने कुरा थाहा थिएन। तर हामीले एकअर्कालाई चिन्ने अवसर पायौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स