धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले ललितपुरमा भएको दुई दिने अभिमुखीकरण कक्षबाट धेरै कुरा सिकेको बताएकी छन्।
बुधबार ललितपुरको रोयल टुलिप होटलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्: “अभिमुखीकरण क्लास एकदम राम्रो भइरहेको छ। विवाद केही छैन, मेरो बारेमा मिडियाले विवाद बनाइदिएको हो। सोझो रुखलाई छानीछानी काटिन्छ भनेझैँ, मलाई बोल्न आउँदैन भनेर उल्लिबिल्ली पारिन्छ।”
आशिकाले थपिन्, ‘सडकमा दह्रो र खरो प्रश्न उठाउने मान्छे अब जनतालाई खुसी पार्ने प्रयासमा लागेको छ।’ उनले अनुभव साझा गर्दै भनिन्:
“दुई दिने कक्षा राम्रो भएको छ। मलाई नयाँ भनेकाले डर थियो। सांसददेखि प्रधानमन्त्रीसम्म नयाँ हुँदा कसले गाइड गर्देला भन्ने कुरा थाहा थिएन। तर हामीले एकअर्कालाई चिन्ने अवसर पायौँ।”










![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया