सालपा विकास बैंकले बोलायो साधारण सभा, केके छन् प्रस्ताव ?

सालपा विकास बैंकले बोलायो साधारण सभा, केके छन् प्रस्ताव ?

सालपा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १५ गते खोटाङको दिक्तेलस्थित शुभम फाउन्डेशनको परिसरमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा बैंकको हालको कार्यक्षेत्रबाहेक थप चार जिल्लामा सेवा विस्तार गर्ने प्रस्तावमाथि छलफल हुने भएको छ। साथै, उक्त कार्यक्षेत्र विस्तारका लागि आवश्यक पर्ने प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, फेरबदल वा थपघट गर्न नियामक निकायबाट निर्देशन प्राप्त भएमा आवश्यकता अनुसार संशोधन गर्ने अधिकार सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पेश गरिनेछ।

यस्तै, सञ्चालकहरूको सेवा–सुविधा पुनरावलोकन गरी सोहीअनुसार नियमावलीको सम्बन्धित व्यवस्था संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभामा सञ्चालक समितिले तयार पारेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू स्वीकृत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि पनि निर्णय गरिनेछ। आगामी कार्यकालका लागि सञ्चालक समितिको चयन गर्ने प्रस्ताव समेत सभामा पेश हुने बैंकले जनाएको छ।

साधारण सभा प्रयोजनका लागि बैंकले असार ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असार २ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Salapa Bikas Bank Limited (SABBL)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स