सालपा विकास बैंक लिमिटेडले सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको सेयरको लक-इन अवधि समाप्त हुने जनाएको छ।
बैंकका अनुसार नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सर्वसाधारणमा बाँडफाँड गरिएको सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर ६ महिनासम्म लक-इनमा राख्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार अब ८६ हजार १९४ कित्ता सेयरको लक-इन अवधि असार २४ गतेपछि समाप्त हुने भएको हो।
लक-इन अवधि सकिएसँगै उक्त सेयर अब खुला बजारमा कारोबार गर्न सकिने बैंकले जनाएको छ। बैंकको सेयर रजिस्ट्रारको जिम्मेवारी भने ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हाल्दै आएको छ।















![हाइड्रोको सेयरमा चुनौती कि अवसर? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/no_L8Oe58vM-maxresdefault-150x150.jpg)

![भीषण वर्षा र बाढीले हाइड्रोमा के कति क्षति पुर्यायो ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/CAS7NTAZCBs-maxresdefault-150x150.jpg)

![बाढीले कुन क्षेत्रको Hydropower मा धेरै क्षति पुर्याउने सम्भावना छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/pDpqzAC-erY-maxresdefault-150x150.jpg)
प्रतिकृया