रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज शुक्रबार बिहान ११ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। पत्रकार सम्मेलनको जानकारी कार्यबाहक प्रवक्ता मनिष झाले दिएका छन्।

पत्रकार सम्मेलनमा अदालतको आदेश, अबको न्याय प्रक्रिया, र पार्टीको धारणा सार्वजनिक गरिनेछ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएपछि रास्वपा उत्साहित बनेको छ।

पार्टीले अदालतको आदेशले न्याय प्रणालीप्रति विश्वास पैदा गराएको बताएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स