गृहमन्त्री राजीनामा दिएर छानबिनको दायरामा आउनुस् नत्र तातोपानी काण्डको भिडियो बाहिरिन्छ: महेश बस्नेत

गृहमन्त्री राजीनामा दिएर छानबिनको दायरामा आउनुस् नत्र तातोपानी काण्डको भिडियो बाहिरिन्छ: महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुधन गुरुङलाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन्। साथै उनले गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागसमेत गरेका छन्।

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको खुलासा भएपछि गुरुङ विवादमा तानिएका हुन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै, पहिले भट्टको नाम प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग जोडेर बदनाम गर्न खोजिएको दाबी गरेका छन्। तर अनुसन्धानपछि उनीहरूसँग प्रत्यक्ष सम्बन्ध नदेखिएको उनले उल्लेख गरेका छन्।

उनका अनुसार, भट्टको सम्बन्ध भने गृहमन्त्री सुधन गुरुङसँग देखिएको र करिब २५ लाख रुपैयाँ बराबरको शेयर लगानी रहेको तथ्य सार्वजनिक भएको छ।

बस्नेतले गौरीबहादुर कार्की आयोगका सदस्य विज्ञानराज शर्माको नाममा पनि करिब १० लाख रुपैयाँ बराबरको सेयर भेटिएको दाबी गरेका छन्।

उनले थप्दै भनेका छन्, ‘दीपक भट्ट दोषी वा निर्दोष भन्ने निर्णय न्यायालयले गर्ने विषय भए पनि गृहमन्त्रीले तत्काल राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्नुपर्ने अवस्था छ।’

उनले थपेका छन्, ‘दीपकजी दोषी छन् कि छैनन्, त्यो कुरा भोलि न्यायालयले नै निर्धारण गर्ने विषय हो। तर गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिन्छ। यदि उनले राजीनामा दिएनन् भने मन्त्री बन्नुभन्दा चार–पाँच दिन अगाडि तातोपानी जाँदातिरको काण्डसँग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेको बताइँदै छ।’

उनले गृहमन्त्री पद आपराधिक पृष्ठभूमिका कारण ढिलो–चाँडो जाने जिकिर गरेका छन्।

Screenshot 2026 04 21 161432 https://bajarkochirfar.com/resign-and-come-under-investigation-otherwise-the-video-of-the-tatopani-scandal-will-be-released-mahesh-basnet | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स