सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिङ मिल्सले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता तिरेको छ। बिहीबार पहिलो किस्ता तिरेसँगै रिलायन्सको विच्छेद गरिएको विद्युत लाइन तत्काल जडान गरिएको छ।
कम्पनीले २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो। कुल ७५ करोड ३७ लाख रुपैयाँ बक्यौतालाई २८ किस्तामा विभाजन गरिएकोमा रिलायन्सले पहिलो किस्ता रूपमा २ करोड ७७ लाख रुपैयाँ बुझाएको छ।
















प्रतिकृया