हवाई टिकट नपाएपछि गाडीबाट काठमाडौं आउँदै रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अब स्थलमार्गबाट काठमाडौं आउन लागेका छन्। केही समयअघि उनले पोखराबाट काठमाडौंको लागि आफ्नै गाडीमा यात्रा सुरु गरेका छन्। प्रारम्भमा हवाई मार्गबाट काठमाडौं आउने योजना थियो, तर नेता र कार्यकर्ताको ठूलो समूहसँग हवाई टिकट नपाएपछि उनले गाडी प्रयोग गर्ने निर्णय गरेका हुन्।
लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका थिए र अब उनी काठमाडौं आइपुगेर आइतबार अदालतमा उपस्थित हुने तयारीमा छन्।
उनविरुद्ध कास्की जिल्लाका अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोगमा मुद्दा दायर गरिएको छ। काठमाडौंमा पनि कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध मुद्दा दायर गरिएको छ।