राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको नेतृत्व र भावी प्रधानमन्त्रीको उम्मेदवारीबारे पुनः स्पष्ट पारेका छन्। शनिबार स्याङ्जामा आयोजित एक कार्यक्रममा बोल्दै वाग्लेले पार्टीको महाधिवेशनपछि पनि सभापति रवि लामिछाने नै हुने बताएका हुन्।
उनले भने, “हाम्रा सभापति रवि लामिछानेलाई कारागारमा राखिएको भए पनि उहाँ नै अहिले पनि हाम्रो सभापति हो। महाधिवेशनपछि पनि उहाँ नै सभापति बन्नुहुन्छ।”
वाग्लेले २०८४ सालको निर्वाचनमा रास्वपाले बहुमत ल्याए प्रधानमन्त्री पनि लामिछाने नै बन्ने दाबी गरे। “यदि हामीले बहुमत ल्यायौँ वा सबैभन्दा ठूलो पार्टीका रूपमा अगाडि निस्कियौँ भने प्रधानमन्त्री पनि उहाँ नै बन्नुहुन्छ,” उनले भने।
उता, सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि हाल रुपन्देही कारागारमा रहेका छन्। सर्वोच्च अदालतले कारागार निर्णयमा निरन्तरता दिएपछि लामिछानेको थुनामै बसाइ लम्बिने देखिएको छ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया